
-मिना बुढाथोकी
सल्यान, १५ चैत । मुक्तिनाथ विकास बैंक शाखाले सल्यान श्रीनगरमा रहेर सेवा दिने भएको छ । बिहिवार श्रीनगरमा शाखा उद्घाटन गर्दै अबदेखि नियमित सेवा संचालन गर्ने जनाएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अन्य बैंकहरु भन्दा यस बैंकले छोटो समयमै सल्यानमा आफ्नो पृथक कार्यक्रम मार्फत राम्रो प्रभाव पारेको भन्दै बैंकको खुलेर प्रशंसा गरेका थिए । साथै छिट्टै वाणीज्य बैंक बनोस भनी सुभकामना समेत दिएका थिए । कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जनता बैंकमा होईन बैंक जनतामा जानु पर्दछ भन्ने मुल मर्म नै बैंकको राम्रो पक्ष रहेको बताए ।
उनले बैंकको धनि देखि गरीब सम्म, गाउँ देखि शहर सम्म सबैलाई वित्तिय साक्षरता पु्याउदै अगाडी बढेकोमा धन्यवाद समेत व्यक्त गरे । बैंकले अझै सल्यानका ग्रामीण क्षेत्रमा पुगेर आफ्नो वित्तिय सेवा तथा शाखा विस्तारका लागी अगाडी बढ्न समेत सुझाव दिए ।
कार्यक्रममा बैंकर्स एशोसियसनका अध्ययक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको विगत र वर्तमान स्थिति तथा भावी योजनाका बारेमा प्रष्ट पारे । देशको उन्नती प्रगगतिको लागि प्रत्येक नागरिक उद्यमशिल भएमा देश समृद्धितर्फ अगाडी बढ्ने बताए ।















प्रतिक्रिया