२२ कार्तिक २०८३, आइतबार

सित्तैमा कुखुरा पाउँदा सुनौलो हजार दिनकी आमाहरु दङ्ग

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी
सल्यान, १५ चैत । सित्तैमा ५ वटा कुखुरा पाएपछि यहाँको कुमाख गाँउपािलकाका ३ रागेचौरकी कमला केसी दंग परेकी छन् । जिल्लामा पोषण, खाद्य, सरसफाईका क्षेत्रमा काम गर्दै आएको संस्था सुआहाराले सित्तैमा कुखुरा वितरण गरेपछि कमला जस्तै ४ सय ५ जना आमाहरु खुशी भएका हुन ।

कुमाख गाँउपािलकाको रागेचौर, राम्री, परिकाँडा, तुरतुरे, चोरपानी जिमाली लगायतका ठाँउमा हजार दिन भित्रका महिलाहरुलाई बुधवार सित्तैमा कुखुरा वितरण गरिएको छ । यस्तै जिल्लाको शिद्ध कुमाख गाँउपािलका लगायत विभिन्न स्थानका ४ सय ५८ घरधुरीका आमाहरुलाई करिब २ हजार ३ सय कुखुरा वितरण गरिएको सुआहारा सल्यानले जनाएको छ ।

गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयको तुलनामा पोषणको आवश्यकता पर्ने भएकाले सुनौलो हजार दिन भित्रका महिलाहरुलाई पोषणयुक्त कुराको जानकारी दिनु का साथै कुखुरा वितरण गरिएको सुआहारा सल्यानका कार्यक्रम संयोजक हरि घिमिरेले बताए ।

गर्भावस्था र सुत्केरी अवस्था एक विशेष अवस्था भएकाले यस बेला पोषण सुधारमा ध्यान नदिए कहिलेकाहीँ महिलालाई जटिल समस्याहरू पनि आउनसक्ने भन्दै यस समयमा अन्य समयको तुलनामा पोषणयुक्त खाना चाहिने उनले बताए । गर्भवती तथा सुत्केरी महिलाको पोषणमा सुधार ल्याउन तथा आय आर्जन संगै स्थानीय कुखुराको नस्ल सुधारका लागी कुखुरा वितरण गरेको घिमिरेले बताए ।

सुआहाराका घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत मनोज चौधरीले यस अघि पहिलो चरण अन्तरगत जिल्लाका साविक तिनवटा गाविसका गर्भवती तथा सुत्केरी महिलालाई १ हजार १ सय ३० वटा कुखुरा वितरण गरिएको बताए । उनका अनुसार सुनौलो हजार दिन भित्रका आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो । यो प्रजातीका कुखुराले १ वर्षमा २ सय ८० भन्दा बढी अण्डा उत्पादन गर्छ । अण्डा आमा र बच्चालाई पोषणयुक्त खानाको लागी राम्रो पनि हुन्छ र यसबाट आयआर्जन पनि गर्न सकिन्छ –उनले भने ।

यस अघि सुआहारा सल्यानले साबिकका तीनवटा गाविस लेखपोखरामा १ सय ६५, सिनबांगमा ३५ र रिममा २६ गरि २ सय २६ महिलालाई कुखरा वितरण गरि सकेको जनाएको छ । एक घरपरिवार वा एक आमालाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको संस्था का फिल्ड कोडिनेटर तोरण बुढाथोकीले बताए ।

पोषणका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको यस सुआहाराले जिल्लामा दलित विकास समाज सल्यानसंग सहकार्य गरेर काम गर्दै आई रहेको छ ।