
काठमाडौं । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पारौं भन्दै धरहराका स्थानियबासीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिवालयका उपसिचव युवराज दाहाललाई ज्ञापनपत्र बुझाइएको हो ।
‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानिय संघर्ष समतिका संयोजक वेदप्रकाश गौतम संयोजकत्वको एक समितिले मेरो धरहरा मै बनाउँछु कोषको खातामा रु.५१,१०१ नगदसहित राष्ट्रिय धरोहर धरहरा तत्काल बनाईनुपर्ने माग राखेको छ । राष्ट्रिय सम्पदा धरहरा वरीपरी अन्य कुनै व्यापारिक भवनहरु निर्णण हुन नहुने र उक्त स्थललाई पर्यटकीय स्थल बनाईनुपर्ने भन्दै समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उदेश्यसहित ज्ञापनपत्र बुझाएको जनाएको छ । समितिले धरहरा निर्माणमा आफूहरुले आवश्यक जनश्रमदान गर्न पनि तयार रहेको जनाएको छ ।
हस्ताक्षर र ज्ञापन बुझदै दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले आजै प्रधानमन्त्री ओलीसमक्ष पु¥याएर सम्बन्धित निकायमा धरहरा निर्माणको कार्य अगाडि बढाउने विषयमा पहल अगाडि बढाउने बताए । साथै उनले धरहरालाई असर पुग्ने हिसाबले त्यस आसपासमा कुनै भवन निर्माण हुन नहुने भन्दै यसले प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण भएको बताए ।
धरहरा तत्काल बन्नुपर्ने माग गर्दै ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, धरहरा बनाउन हस्ताक्षर अभियानमा सहभागी र्हौं’ भन्ने नारामा साथ सात समितिले चैत ३ गते देखि चैत ९ गते सम्म बिहान १० बजे देखि बेलुका ६ बजे सम्म लिखित हस्ताक्षर संकलन गरेको थियो । उक्त अभियानमा स्थानिय खिचापोखरी युवा क्लब, संकटा क्लबका साथै अन्य स्थानियहरु लागिपरेका छन् ।












प्रतिक्रिया