२२ कार्तिक २०८३, आइतबार

कानुन निर्मााणमा सांसदहरुको भूमिका महत्वपूर्ण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ चैत । संविधान बमोजिम संसदबाट अब बन्ने ऐन कानुन लैंगिकमैत्री बनाउन सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताइएको छ । जागरण नेपालको आयोजनामा काठमाडौँमा भएको लैंगिकमैत्री संघीय कानुन निर्माणमा महिला सांसदहरुको भूमिका बिषयक कार्यक्रममा सांसदहरुले नेपाल नयाँ युगमा प्रवेश गरेकोले अब नयाँ ढंगले अगाडि बढनुपर्ने बताएका छन ।

संविधानसभाले बनाएको संविधान बमोजिम संसदबाट बन्ने ऐन कानुन निर्माण र ती ऐन कानुन जनतामुखी बनाउन सबै सांसदको प्रभावकारी सक्रियता हुनुपर्ने कुरामा जोड दिएका छन् । सबै खाले हिंसा र अन्याय अन्त नभएसम्म समृद्धि र विकास हुन नसक्ने भन्दै सांसदहरुले समाजमा रहेका विकृतिहरुलाई हटाएर सुखी समृद्धि नेपाल बनाउन आफूहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थायी खालको नयाँ सरकार बनेको सन्दर्भमा विगतका विकृति हटाएर सामाजिक न्याय सहितको सुशासनयुक्त समाजको खाँचो रहेको र त्यसका लागि परिवर्तनको प्रारम्भ आफैबाट गर्नुपर्ने आवश्यकतामाथि पनि सांसदहरुले जोड दिएका छन् ।

संसदमा रहेका ५ वटै राष्ट्रिय पार्टीका सांसदहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले राजनीतिमा महिलाको सहभागिता जति प्रभावकारी रहेको छ त्यत्तिकै रुपमा अव प्रभाबकारी कानुन निर्माणमा पनि सबै पक्षको सहयोगी भूमिका हुनुपर्ने बताइन् ।

कानुनविद सबिन श्रेष्ठले कानुन निर्माणमा सांसदहरुको भूमिका कस्तो हुने र विधेयक निर्माण प्रक्रियाबारे जानकारी गराएका थिए । अखिल नेपाल महिला संघकी नेतृ एवं जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले राजनीतिमा महिला सहभागिता जस्ता बिषयमा ठूलो उपलब्धि हासिल भएकोले त्यसलाई अब संस्थागत गर्नुपर्ने बताइन् ।