२२ कार्तिक २०८३, आइतबार

मानवअधिकार आयोगमा उजुरी कम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, १४ चैत । राष्ट्रिय मानव अधिकार आयोगमा एक दशकयता कम उजुरी आउन थालेको छ ।

गत वैशाखयता आयोगमा जम्मा ६१ मात्र उजुरी परेका छन् । सशस्त्र द्वन्द्वका समयमा धेरै उजुरी आए पनि अहिले कम भएको आयोगका सूचना अधिकारी डा टीकाराम पोखरेलले बताए । ‘त्यतिबेला जघन्य खालका मानवाधिकार हननका घटना थिए । अहिले दैनिक उपभोग्य वस्तुलगायतमा नागरिकको अधिकार हनन भएको छ’, उनी भन्छन्, ‘तर उजुरी गर्नुपर्छ र उजुरी गरे पनि सुनुवाइ हुन्छ भन्ने नागरिकमा विश्वास कम छ ।’

सचेत नागरिकले विभिन्न ठाउँमा मानवाधिकारको हनन भएको जनाउँदै आवाज उठाए पनि लिखित रुपमा उजुरी नदिएको डा पोखरेलले बताए । उनले भने, ‘हामीले मौखिक रुपमा भएको गुनासो पनि टिपोट गर्छौँ ।’

उजुरी परेका घटनामा भने आयोगले अनुसन्धान गरेर सुनुवाइ अगाडि बढाउने गरेको छ । विसं २०७३ र २०७२ ७१– ७१ वटा उजुरी परेको आयोगले जनाएको छ । -रासस