२२ कार्तिक २०८३, आइतबार

घरमै सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण महिलाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–नृप हमाल
हुम्ला, चैत १४ । हुम्लाको खार्पुनाथ गाउँपालिकाकी एक महिलालाई घरमैँ सुत्केरी गराउँदा उच्च रक्तश्राव भएर मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर २ की २५ बर्षीया मुनदेवी छत्यालको सुत्केरी भएपछि साल अड्कीएर धेरै रगत बगेका कारण ज्यान गएको हो ।

बुधवार बिहान २ बजे घरमैँ सुत्केरी भएकी छत्यालको साल अड्कीएर लगातार एक घण्टा उच्च रक्तश्राव हुँदा ३ बजे मृत्यु भएको मृतकका आफन्तले बताए । रक्तश्राव धेरै भएपछि स्वास्थ्यकर्मीलाई बोलाइए पनि छिप्रा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पुग्नु पहिला नै छत्यालको मृत्य भई सकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. रञ्जित कुमार यादवले जानकारी दिए ।

यस अघि दुई छोरी जन्माई सकेकी मृतक छत्यालको तेस्रो सन्तानको रुपमा छोरी जन्माए पनि उनको ज्यान गएको छ । बच्चालाई जिल्ला अस्पताल, हुम्लामा ल्याई चेकजाँच गर्दा बच्चा स्वस्थ रहेको र एसओएस बालग्राम सुर्खेत लैजाने तयारी भै रहेको डा. यादवले बताए ।

स्वास्थ्यकर्मीलाई समयमै खबर गरेको भए महिलाको ज्यान बचाउन सकिने अवस्था हुन सक्ने चिकित्सक यादवले बताए । साथै नियमित गर्भजाँच तथा सुत्केरी गराउँदा स्वास्थ्य केन्द्रमा जानु पर्छ भन्ने ज्ञान नभएकाले पनि छत्यालको ज्यान गएको डा. यादवले बताए ।

सरकारले कर्णालीका महिलाहरुलाई सुत्केरी हुन नसकेमा एयर लिफ्टिङको व्यवस्था गरेको भए पनि स्थानीय स्तरमा यसबारे थाहा नहुँदा पनि अकालमै सुत्केरी महिलाहरुको ज्यान जाने गरेको छ ।