२२ कार्तिक २०८३, आइतबार

झोलुङ्गे पुल बनेपछि नवलपरासीका जनतालाई राहत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

नवलपरासी, १४ चैत । पूर्वी नवलपरासीको केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि पहाडी भेगका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ ।

हुप्सेकोट गाउँंपालिका र कावासोती नगरपालिका जोड्ने खोलामा चार वर्ष लगाएर पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ । प्रशासनिक काम, किनमेल र उपचारका लागि कावासोती आउनुपर्ने पहाडी भेगका स्थानीयवासीले आधा घण्टाको दूरीका लागि वर्षायाममा पहाडी भेगका स्थानीयवासीले डेढ घण्टा खर्चनु पर्ने अवस्था थियो ।

पुल बनेपछि उच्च शिक्षाका लागि बजार आउन र अन्य प्रशासनिक कामका लागिसमेत सहज भएको हुप्सेकोट–४ का टेकबहादुर मगरले जानकारी दिनुभयो । पुल नहुँदा वर्षायाममा बजारसँग पहाडी भेगको सम्पर्क नै टुट्ने गर्थ्यो । स्थानीय विकास मन्त्रालयअन्तर्गत कृषि सडक आयोजनाको रु ८५ लाखको लागतमा पुल निर्माण भएको हो । –रासस