काठमाडौं, १४ चैत । नेपाली सेनाले आफ्ना दुई सैनिक कर्मचारीको मृत्युबारेमा आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ ।
पूर्वी पृतना अन्तर्गत सुनसरीको ईटहरीस्थित श्री सबुज गणमा कार्यरत अमलदार बर्दिया नेउलापुरका भरत बिक र प्युठ सल्यान दमाचौरका दोलख चन्दको सोमबार राति मृत्यु भएको थियो । गणभित्रको माछा पोखरीमा अचेत अवस्थामा फेला परेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।
सैनिक प्रवक्ता गोकुल भण्डारीले घटनाबारे सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय सुनसरीसंगको समन्वयमा आवश्यक छानविन प्रक्रिया सुरु भएको जानकारी दिए ।
प्रहरीले घटनाको मुचुल्का उठाएको र शवको पोष्टमार्टमको प्रक्रिया सुरु भएको छ । प्रवक्ता भण्डारीले पूर्वी पृतनाबाटै अनुसन्धान समिति गठन हुनेछ ।
माछा पोखरीमा अचेत फेला परेक उनीहरूलाई उपचारका लागि पृतना हाताभित्र रहेको फिल्ड अस्पतालमा पुर्याईएपनि अवस्था थप जटिल बनेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।












प्रतिक्रिया