
अछाम, १३ चैत । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नम्बर ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताएका छन् । यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताए ।
सदरमुकाम मंगलसेनमा प्रेस सेन्ट्र अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्त भित्रै यस क्षेत्रको विकासका लागि बिशेष बजेट स्वरुप १ खर्ब २ करोड ५ लाखको बजेट ल्याउने बताए । जनतालाई मेरो सरकार हो भन्ने अनुभूतित दिलाउनका लागि प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाउने बोहोराले बताए ।
समाबेशि र आर्थिक समानता सहीतको बजेट भूगोल, जनसंख्याको आधारमा बिनियोजित गर्ने भन्दै कृषिकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने बताए । अहिले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसकेपनी शिक्षा, स्वास्थ्य, रोजगारी, सिचाई खाद्यान्न सँकट हटाउनतिर बजेट तुर्जमा भईरहेको जानकारी दिए ।
उनले नेपालमा करमा एकद्धार प्रणाली लागू गर्ने भन्दै संघीयता कार्यान्वयन नचाहने हरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाई रहेको आरोप लगाए । आफू अछामबाट निर्वाचित साँसद भएकाले अछामका लागि बिशेष बजेटको व्यवस्था गर्ने समेत जानकारी दिए ।












प्रतिक्रिया