
हेटौँडा, १३ चैत । प्रदेश नम्बर ३ की सांसद जीवना डंगोलले बतात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेकी छन् । मंगलबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै उनले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको माग गरिन् । ‘बालिका बलात्कार जस्तो अति अमर्यादित क्रियाकलाप गर्नेलाई मृत्युदण्ड हुनुपर्दछ’, सांसद डंगोलले भनिन् ।
उनले नेपालमा पछिल्लो समयमा साँस्कृतिक विचलन बढेको भन्दै चिन्ता समेत व्यक्त गरिन् । उनले राजधानीको विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरेकि छिन् । कांग्रेसको सांसद रहेकी उनले प्रदेशको राजधानीलाई चाँडो सम्बोधन गर्न आग्रह गरिन् ।
‘गाई काण्ड’मा उपसभामुखसँग जवाफ माग
बैठकमासांसद रिता माझिले गाई काण्डको विषयमा आफूहरुको ध्यानाकर्षण भएको बताइन् । गाई काटिएको बिषयमा उपसभामुख राधिका तामाङले दिएको भनिएको अभिव्यक्तिक विषयमा चासो व्यक्त गर्दै उनले भनिन् ‘गाईको मासुका विषयमा उपसभामुख तामाङको कुरा साँचो हो या होइन भन्ने कुरा प्रष्ट पार्नु पर्दछ ।’
उनले यस्ता घटनाले जातीय द्वन्द बनाउने प्रयास हुने भन्दै प्रदेश सरकार यो विषयमा गम्भिर हुनुपर्ने बताईन् । काँग्रेस सांसद वलराम पौडेलले पनि गाईको विषयमा उठेकोे मुद्दा प्रष्टाउन आग्र्रह गरेका छन् । ‘उपसभामुखले के सन्र्दभमा भनेको हो भन्ने विषय सांसदहरुलाई पनि थाहा हुनुपर्छ’ उनले भने ।












प्रतिक्रिया