२२ कार्तिक २०८३, आइतबार

स्थायी राजधानी तोक्न प्रदेश ३ का सांसदको माग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

हेटौँडा, १३ चैत । प्रदेश नम्बर ३ का सांसदहरुले छिटो प्रदेशको स्थायी राजधानी तोक्न माग गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा समयमा बोल्ने अधिकांश सांसदहरुले प्रदेशको राजधानी स्थायी बनाउने विषय ढिला गर्न नहुने बताए ।

एमाले सांसद राजेन्द्र पाण्डेले अब चाँडोभन्दा चाँडो प्रदेशको राजधानीको विषयमा टुङ्गो लगाउनुपर्ने बताए । राजधानी नहुँदा स्थायी प्रकृतिका निर्माणको कामहरु गर्न समस्या भएको भन्दै उनले राजधानीको विषयलाई तत्काल टुङ्गो लगाउनुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै अर्का एमाले सांसद रामेश्वर फुँयालले पनि राजधानीको विषय र नामाकरणको विषय अब टुङ्गिनपर्ने बताए । उनले राजधानीको विषय टुङ्गो नलाउदा निकै समस्या भैसकेको समेत बताए ।

कांग्रेस सांसद बलराम पौडेलले राजधानीको विषयलाई प्राथमिकता दिनुपर्ने बताए । बैठकमा नयाँ शक्तिका प्रेम तामाङले पनि प्रदेशको मुकामको विषयमा धारणा ब्यक्त गरेका थिए । उनले प्रदेशको मुकाम चाँडोभन्दा चाँडो तोक्नुपर्ने समेत बताए ।

बैठकमा कांग्रेसकी सांसद जीवना डंगोलले प्रदेश सरकारले राजधानीबारे तीन विकल्प रोज्न सक्ने बताईन् । उनले प्रदेशको राजधानीलाई १०/१० वर्षमा परिवर्तन गर्नेगरि ‘घुम्ती राजधानी’ को प्रस्ताव गरिन । राजधानी हुँदैमा विकासको लहर आउछ भन्ने भ्रम रहेको भन्दै उनले सबै क्षेत्रमा अव समान विकास हुने बताईन् । दोश्रो विकल्पको रुपमा उनले विद्यायक राजधानी, न्यायिक राजधानी तथा कार्यपालिका रहेको राजधानी भनेर समेत बनाउन सकिने बताईन् ।

बैठकमा बोल्ने अधिकांस सांसदहरुले इयूको प्रतिवेदनले देशको गरिमामाथि प्रहार गरेको भन्दै प्रदेश सरकारले इयूको विषयमा आफ्नो धारणा बनाउनुपर्ने बताएका थिए ।