२२ कार्तिक २०८३, आइतबार

पूर्व अध्यक्षकी पत्नीको उपचारमा पत्रकार महासंघ गुल्मीको सहयोग

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-अनिल खत्री
गल्मी, १३ चैत । नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेकी पत्नीको उपचारमा पत्रकार महासंद्धघ गुल्मी शाखा आर्थिक सहयोग गर्ने भएको छ । महासंघको मंगलवार तम्घासमा सम्पन्न बैठकले पूर्व अध्यक्ष घिमिरेको पत्नीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि नगद २० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

पूर्व अध्यक्ष घिमिरेको पत्नी स्तन क्यान्सर भई हाल काठमाडौमा उपचारत रहेकी छन् । उनको उपचारमा सानो सहयोग गरेर केहि मलम लगाउने प्रयास स्वरुप सहयोग गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

बैठकले आगामी चैत मसान्त भित्र जिल्ला शाखामा आबद्ध सदस्यहरुको ०७४ सालको सदस्यता नबिकरण गर्ने निर्णय समेत गरेको छ । बैठकले जिल्ला कार्य समितिमा रहेका रामकृष्ण कँडेल र राजेन्द्र पन्थीलाई कार्य व्यस्तताको कारण जिल्ला बाहिर रहेकाले सदस्य पदबाट बिदा गरि पाल्पा शाखाबाट गुल्मी शाखामा आएका तिलाचन पाण्डेलाई सदस्यमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला शाखा गुल्मीमा रहेका भुवन रायमाझीको सदस्यता पाल्पा जिल्ला शाखा पठाइएको जनाएको छ । महासंघको रिक्त रहेको सल्लाहाकार समितिमा पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, घनश्याम गौतम र जनार्दन घिमिरेलाई राख्ने निर्णय भएको महासंघ गुल्मीका सचिव टोपलाल आर्यालले जानकारी दिए ।