३१ आश्विन २०८३, शनिबार

नेपाली पर्यटनको प्रचार गर्न पोर्चुगलमा महोत्सव

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-भरत प्रधान
लिस्बन, १३ चैत । युरोपेली मूलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ बर्ष २०७५ को अवसर पारेर गैर आवासीय नेपाली सँघ पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो ।

राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा सँघले यहीे १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक सँस्कृतीको सँरक्षण, सम्बृद्धन, प्रबृद्धन एवं नेपाली पर्यटनको प्रचार प्रसार गर्ने उद्धेश्यले नेपाली महोत्सव गर्न लागिएको सँघका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए ।

नेपाली बाणिज्य दूतावासको सँरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधी तथा पोर्चुगलमा क्रियाशिल नेपाली सँघ सँस्थाहरुको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।

महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृती लिएर ब्यापक तयारीमा लागिएको अध्यक्ष कार्कीले बताए । नेपाली महोत्सव हुने भएपछि यहाँको सरकारी निकाय समेत उत्साही भएको छ । ‘उनिहरुले महोत्सव सफल पार्न सबै खाले सहयोग गर्ने आश्वासन समेत दिएका छन्’, कार्कीले भने । महोत्सवले नेपाली पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पू¥याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्बीर लगायतका गरि १२ स्टल रहने सँघले जनाएको छ । यस्तै बुद्ध जन्मस्थल लुम्बिनी, सर्बोच्च शिखर सगरमाथा लगायत नेपालको पर्यटकीय स्थलका बिषयमा जानकारी दिन र प्रचार प्रसार गर्नका लागी छुट्टै स्टल राखिने अध्यक्ष कार्कीले जानकारी दिए ।

एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक सँस्कृती र नेपाली पर्यटनको प्रचार प्रसार र प्रबृद्धन गर्ने तथा नेपाली भेषभूषा सहितको साँस्कृतीक झाँकीहरु समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । यस्तै महोत्सवमा पोर्चुगलमा रहेका ख्याती प्राप्त नेपाली राष्ट्रिय कलाकारहरुको बिशेष साँस्कृतीक प्रस्तुती रहनेछ ।