२२ कार्तिक २०८३, आइतबार

चरेश बनाउने उद्योगमै प्रहरीको छापा, मेसिनसहित चरेश बरामद

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १३ चैत । पर्साको चरेश बनाउने उद्योगमा प्रहरीले छापा मारेको छ ।

कालिकामाई नगरपालिका–१ तिनडिबिया बस्ने दुर्गाप्रसाद पटेलको घरमा लुकिछिपी बनाउँदै गरेको लागूऔषध चरेश ६ केजी, चरेश बनाउने कच्चा पदार्थ धुलो १ केजी, मेसिन २ थान, ढकतराजु १ थान र कैंची १ थान मंगलबार प्रहरीले बरामद गरेको छ ।

घरधनी दुर्गाप्रसाद फरार रहेकोले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।