२२ कार्तिक २०८३, आइतबार

मकवानपुरको बकैयामा घाँटी रेटेर एकजनाको हत्या, बुहारी र नातिनी पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–धर्मेन्द्र दाहाल
हेटौँडा, १३ चैत । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा एकजनाको हत्या भएको छ । सोमबार राति बकैया वडा नम्बर ७ निवासी सुर्य बहादुर स्याङ्तानको घरमै धारिलो हतियारले घाँटी रेटी हत्या भएको हो ।

सोमबार राति हत्या भएको भन्ने खबर आएपछि बकैया वडा नम्बर ३ मा रहेको हात्तिसुडे प्रहरी चौकिबाट गएको प्रहरी सहायक निरिक्षक जयप्रकाश पाण्डेको टोलीले हत्यामा संलग्न भएको भन्दै सुर्यबहादुरकी बुहारी ठुलिमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई सोमबार राती २ बजे नै जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको पाण्डेले बताए । हत्या किन गरिएको भन्ने कारण हालसम्म खुलेको छैन । हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको शिलशिलामा विदेशमा छन् भने ३ जना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ । हत्याको आरोपमा पक्राउ परेकी ठुलीमायाको श्रीमान् भने विदेशमा रहेका छन् ।