
जाजरकोट, १३ चैत । जाजरकोटका साँघु तर्ने क्रममा खोलामा खसेर एक जनाको मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका–७, सुवाकोटका ४० वर्षका कालीबहादुर नेपालीको मृत्यु भएको हो । उनी बारेकोट–९, काप्तीमा बस्दै आएका थिए ।
मजदूरीका लागि केही समय अघि काठमाडौँ पुगेका उनी घर फर्कदै थिए ।
घर फर्कने क्रममा नलगाड नगरपालिका–५, खाराखोलामा साँघुबाट खसेर मंगलबार बिहान मृत्यु भएको स्थानीय पत्रकार सरोज ओलीले जानकारी दिएका छन् ।












प्रतिक्रिया