
काठमाडौँ, १३ चैत । सुर्खेतमा एसईई परीक्षामा सहभागी एक छात्राको रहस्यमय मृत्यु भएको छ ।
पंचपुरी नगरपालिकाको बाबियाचौर केन्द्रबाट एसईई परीक्षामा सहभागी सालकोट निवासी १७ वर्षकी गौरी रोकायको शव मंगलबार बिहान उनकै कोठामा भेटिएको हो ।
झुलभित्र सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो । घटनामा रहस्यम भएको भन्दै बावियाचौर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
उनको टाउको र खुट्टामा चोट लागेको दाग देखिएको छ ।












प्रतिक्रिया