१३ कार्तिक २०८३, शुक्रबार

सिल्कको गुण्डागर्दीले कसलाई तनाव ?

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । सिल्क एयरलाईन्सका कर्मचारीले मनोमानी तबरले टिकट होल्ड गरेको पाईएको छ ।

केही ट्राभल एजेन्सीको मिलोमतोमा साहक बिक्री प्रबन्धक सुधिर पाण्डे र बुकिङकी कर्मचारी लिजा श्रेष्ठले टिकट होल्ड गर्ने गरेको पाईएको हो ।

कार्टेलिङ तरिकाबाट होल्ट गरिएको टिकट पाण्डे र श्रेष्ठले आफू निकट केही ट्राभल एजेन्सीलाई दिने र उनीहरूले नलिएमात्र अन्य ट्राभल एजेन्सीलाई दिने गरेको स्रोतको दाबी छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

समाचार स्रोतका अनुसार पाण्डे र श्रेष्ठले दाभेन्सी, समिक, कुमारी र मेघाबाईट ट्राभल एजेन्सीलाई पहिलो प्राथामिकता दिने गरेका छन् । उनीहरूबाट बाँकी भएको टिकट बल्ल बजारमा जाने गरेको अन्य ट्राभल एजेन्सी सञ्चालक बताउँछन् ।

टिकटका काम गर्ने पाँच सयको हाराहारामा ट्राभल एजेन्सीहरू छन् । दाभेन्सीका राजु, समिकका मेघ केसी, कुमारीका निरमल र मेघाबाईटका चित्रबहादुर गुरूङले सिल्क एयरका कर्मचारी पाण्डे र श्रेष्ठलाई प्रलोभनमा पारेर टिकट कार्टेलिङ गर्दै आएको आरोप अन्य ट्राभल एजेन्सीका सञ्चालकहरूले लगाएका हुन ।

जसको कारण बर्षै देखि टिकट सम्बन्धी काम गर्दै आएका ट्राभल एजेन्सीहरू यहिले पीडामा छन् । यो समुहले सिल्कयएरमा मात्र नभई अन्य यएरलाईनमा समेत कार्टेलिङ गर्दै आएको स्रोतको दाबी छ ।