काठमाडौं, १३ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच पार्टी एकता ५०–५० प्रतिशतको संख्यामा हुने बताएका छन् ।
भक्तपुरमा विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिले आयोजना गरेको गोप्य प्रशिक्षणको समापन कार्यक्रममा पार्टी एकता गर्दा एमाले र माओवादीबीच बराबरीको संख्यामा हुने बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रचण्डले भने, ‘पार्टी एकता अव केही दिनमा नै गर्ने गरी छलफललाई तिव्रता दिएका छौँ ।’ उनले भने, ‘दुवै पार्टी रहदैन तर, एक अर्कामा सिद्धिने गरी एकता चै हुँदैन । संख्याको हिसाव गर्ने हो भने ०६४ सालमा एमाले भन्दा हाम्रो पार्टी ठूलो थियो अहिले एमाले छ । संख्या गौण हुनेछ र बराबरी संख्यामा सम्मानजनकरुपमा पार्टी एकता हुन्छ, नत्र हुँदैछ ।’
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले समाजवादी व्यवस्था स्थापनाका लागि पार्टी र नेतृत्वलार्इ सघाउन तयार रहेको बताए ।












प्रतिक्रिया