
रोल्पा, १२ चैत । राष्ट्रियसभा सदस्य तथा एमाले नेतृ मिना बुढाले रोल्पा जिल्लालाई समृद्ध र सुदृढ बनाउन जिल्लाका सरोकारवालाहरुको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताएकी छन् ।
त्रिबेणी गाउँपालिकाको नुवागाउँमा भएको सभालाई उद्घाटन गर्दै उनले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेको बताइन् ।
स्थानीय तहमै सबै अधिकार भएकाले पनि गाउँमा बिकास गर्न सहज हुने बुढाको दाबी छ । पछिल्लो चरणमा स्थानीय तहका जनप्रतिनिधिहरुको तीब्र आलोचना भैरहेको हुँदा, आलोचित नहुने किसिमका काम गर्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।












प्रतिक्रिया