२२ कार्तिक २०८३, आइतबार

प्रदेश २ मा संघीय फोरमको दलको नेतामा यादव नियुक्ति

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १२ चैत । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त भएका छन् ।

फोरम नेपाल प्रदेश नं. २ संसदीय दलका नेता लालबाबु राउतले आइतवार यादवलाई फोरम नेपाल प्रदेश नं। २ को प्रमुख सचेतकमा नियुक्त गरेका हुन ।

धनुषा क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सांसद शैलेन्द्र यादवलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको बारे यादव र प्रदेश संसद सचिवालयलाई जानकारी गराइसकेको नेता राउतले जानकारी दिएका छन् । राउत वर्तमान प्रदेश सरकारका मुख्यमन्त्री पनि हुन ।

प्रदेश संसदको काम कारवाहीबारे आवश्यक छलफल र सल्लाह सुझावका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलले प्रमुख सचेत राख्ने प्रावधान रहेको छ ।

सभामुखले संसदको कानून निर्माण, काम, कारवाही र बैठकको कार्यसूची लगायतका विषयमा आवश्यक छलफल र सल्लाह सुझाव प्रमुख सचेतक संग लिने गरेको छ । संसदमा पार्टीको तर्फबाट विभिन्न विषयमा एजेण्डा राख्न प्रमुख सचेतकको अहम भूमिका हुन्छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकले गाडी सुविधा र संसदीय पदाधिकारी सरह सेवा सुविधा व्यवथा रहेको छ ।