३१ आश्विन २०८३, शनिबार

अमेरिकामा नेपाली मूलका खेलाडीलाई ५० वटा पदक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च २४ तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई १० वटा स्वर्ण पदक सहित कूल ५० वटा पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको तर्फबाट नेपाली मूलका तथा ३५ जना बिदेशी खेलाडीहरु सहितले सहभागिता जनाएका थिए । बाल्टिमोरको एभरेस्ट टोलीले उक्त प्रतियोगितामा बिदेशीहरु लगायतले १९ वटा स्वर्ण पदक,१३ वटा रजत पदक तथा १८ वटा कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

नेपाली मूलका खेलाडीहरुले मात्र १० वटा स्वर्ण पदक, ९ वटा रजत तथा १९ वटा कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका संस्थापक तथा खेल टोलि मुख्य प्रशिक्षक मास्टर कुमार कार्की तथा उनकी जीवन संगिनी मास्टर कल्पना कार्की हुन् ।

मास्टर एच के लि एकडेमी अफ तेक्वानदोले आयोजना गरेको यो प्रतियोगिता अमेरिकाको पूर्वी क्षेत्रमा हुने प्रतियोगितामा सबैभन्दा ठूलो प्रतिस्प्रद्धाको रुपमा चिनिन्छ ।

ते क्वान्दो २०१८ बार्षिक नेसनल क्यापिटोल ओपन प्रतियोगिता नेपालीमूलका निर्णायकहरुमा टोली एभरेस्ट का मुख्य प्रशिक्षक कुमार कार्की, टोली प्रशिक्षकहरुमा क्रमस मास्टर कल्पना कार्की ,मास्टर चांग ई तथा प्रशिक्षकमा सजनी राई रहेकी थिइन् ।

निर्णायक तथा रेफ्रीहरुमा क्रमस एभरेस्ट बाल्टिमोरका मास्टर दिनेश श्रेष्ठ, भर्जिनियाका मास्टर कृष्ण मुरारी खड्का, एचकेलिका मास्टर कृष्ण बलाल, न्युयोर्कका मास्टर पूर्ण आचार्य तथा पेन्सेल भेनियाका प्रशिक्षक नकुल शर्मा रहेका थिए ।

प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुमा कृशा कार्की स्पारिंग (भिडन्त) तथा पुम्सेमा प्रथम स्थान सहित महिला कालो फित्ताधारिमा ग्रान्ड च्याम्पियन समेत घोषित भएकी छिन् ।

एलेन शाही स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो, रोबिन उप्रेती स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो, सिम्रेन गुरुङ स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो, रुपेश श्रेष्ठ स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो, प्रन्जल कट्टेल स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो, अतित गुरुङ स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो, मलिना छन्त्याल स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो तथा सबिन राई स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो भएका छन् ।

स्पारिंग द्वितीय तथा पुम्सेमा द्वितीय हुनेमा श्रेया ढकाल परेकी छिन् । स्पारिंग द्वितीय तथा पुम्सेमा तृतीय हुनेहरुमा क्रमस श्रया ताम्राकार तथा सुप्रिम शाह परेका छन् ।

स्पारिंग तृतीय र पुम्सेमा तृतीय हुने नेपाली मूलका खेलाडीहरुमा क्रमस निरज ढकाल, ईश्वरी डाँगी, ईश्वर डाँगी, क्याडेल छन्त्याल, रोशन भण्डारी, सलिना खड्का तथा विवेक क्षत्री रहेका छन् ।