२२ कार्तिक २०८३, आइतबार

नेपाललाई नहेप्न युरोपियन युनियनलाई ओलीको कडा चेतावनी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई नहेप्न युरोपियन युनियनलाई कडा चेतावनी दिएका छन् ।
काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सार्वभौम मुलुक भएकाले फेरि एकपटक सोच्न आग्रह गरे ।

हाम्रो गरिबी र पछौटेपनलाई हेरेर केही केहीलाई जे पनि गरे हुन्छ भन्ने ठान्छन् । त्यही मानसिकताले युरोपियन युनियनले नेपालको सार्वभौमिक सत्ता र प्राप्त उपलब्धिलाई हेप्ने काम गरेको छ । कुटनीतिक भाषामा चेतावनी दिँदै प्रधानन्त्री ओलीले भने इयूले निर्वाचन परिवेक्षण प्रतिवेदन भनेर जे पठाएको छ त्यो नेपाललाई अण्डरमाइन गरेको हो, हेपेको हो । हाम्रो सामाजिक प्रबन्ध, संविधान, हाम्रो उपलब्धिलाई अपमान गर्ने काम नगरियोस् । म नम्र निवेदन गर्न उहाँहरुलाई चाहन्छु ।

प्रतिवेदन सच्चाउनुको साटो नेपाललाई हेप्ने काम गरेको भन्दै उनले इयूको आलोचना गरे । इयूले सच्याउला भनेको थप जिद्दिपूर्ण अभिव्यक्ति देखियो । यो दुःखको कुरा हो । राष्ट्र हेपिएको र अपमानित भएको मैले महसुस गरेको छु । त्यसैले इयूलाई फेरि एकपटक सोच्न आग्रह गर्न चाहन्छु । उनले भने ।

इयूले संविधानमा खस आर्यलाई आरक्षण दिएकोमा आलोचना गरेको थियो । इयूको प्रतिवेदन निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ भने परराष्ट्र मन्त्रालयले पनि आपत्ति जनाएको छ ।