२२ कार्तिक २०८३, आइतबार

टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ११ चैत । पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आइतबार टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बा २८ प ६६८३ नंको मिनीट्रक सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । –रासस