१३ कार्तिक २०८३, शुक्रबार

‘बिपीका छोरा मात्रै भएर पार्टी चल्दैन’

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

पार्टी पराजित हुनुमा सभापति, नेता, महामन्त्रीसहितका हामी धेरै नेताको कमजोरी छ । बिपीका छोरा मात्रै भएर पार्टी कसरी चल्छ ? सभापतिले पनि पार्टी कार्यालयमै आएर पार्टी सञ्चालन गर्नुपर्छ । महामन्त्रीले पनि म विपीको छोरा हुँ मात्रै भनेर कार्यालय नजाने, भेटघाट नगर्ने, देशभर चिठी नपठाउने जुन शैली देखाउनुभएको छ, अब यसरी हुँदैन । अलिअलि गर्नुभएको छ, तर यतिले पुग्दैन । अझै धेरै काम गर्नुपर्नेछ । कमजोरी नस्विकार्ने र अर्कालाई मात्रै दोष दिने हो भने हामी झन् हार्दै जानेछौँ । रियलाइजेसन र रिफर्म आवश्यक छ । कुनै बेला गणतन्त्रको कुरा गर्दा हामीलाई पागल भन्थे, आज त्यही गणतन्त्रका मालिक नेताहरू भएका छन् । किन टिकट पाइएन यसको कारण चाहियो ? साथै संसद्मा वामविरुद्ध कसरी लड्ने र पार्टी सुधारका लागि कस्तो कार्ययोजना ल्याउने बहसमा लागौँ  ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।