
-मिना बुढाथोकी
सल्यान, ९ चैत । कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले मानव अधिकारको संरक्षण तथा अपराध न्यूनिकरणका लागि कर्णाली प्रदेशका प्रत्येक वडा स्तरमा सुरक्षा समिति गठन हुनु पर्ने बताएका छन् ।
ग्रामीण स्तरमा हुने गरेका विभिन्न प्रकारका घरेलु हिंसा, आपराधिक क्रियाकलाप न्यूनिकरण गर्न वडा स्तरमा रहेको सुरक्षा समितिले महत्वपूर्ण योगदान पु¥याउने भन्दै उनले सुरक्षा समितिमा कुनैपनि पदमा नरहेको तर, सुरक्षा क्षेत्रमा काम गर्न चाहने जोकोहीले पनि काम गर्न सक्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यानले शुक्रबार आयोजना गरेको सिसि टीभि उद्घाटन गर्न सल्यान पुगेका चन्दले कर्णाली प्रदेशको मुख्य चुनौती लागू पदार्थको प्रयोग रहेको बताए । लागू पदार्थ प्रयोगकै कारण समाजमा विभिन्न घटनाहरुमा वृद्धि आएको एआईजी चन्दको टिप्पणी छ । समाजमा हुने गरेका घरेलु हिंसा, आत्महत्या, कुटपिट, सामाजिक हिंसा लगायतका घटना लागू पदार्थको प्रयोगले नै निम्त्याउने गरेको उनको दाबी छ ।
लागूऔषधलाई नियन्त्रण गर्नका लागि राज्यले घरायसी मदिरालाई मात्र नियन्त्रण गर्ने भन्दा पनि राजस्व दिएका कम्पनीलाई पनि नियन्त्रण गर्नुपर्ने एआईजी चन्दले धारणा राखे ।












प्रतिक्रिया