काठमाडौं, ९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा एनजीओ/आईएनजीओलाई कानुन बनाएरै निषेध गर्ने बताएका छन् ।
काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले एनजीओ/आईएनजीओले गर्दा नै कर्णालीको गरिबी बढेको दाबी गरे । शाहीले भने, ‘श्रम गर्ने कर्णालीको जनतालाई एनजीओ/आईएनजीओले नै बिगारेका छन् । कर्णालीको दुःख देखाएर संसारबाट पैसा उठाएका छन्, अब हामी त्यस्तो गर्न दिदैनौं ।’
प्रदेश सरकारका मन्त्रीहरूलाई एनजीओ/आईएनजीओसँग भेट्न रोक लगाएको उल्लेख गर्दै शाहीले मुख्यमन्त्री कार्यालय मार्फत मात्र एनजीओ/आईएनजीओलाई काम गर्न अनुमति दिने बताए ।
‘अब कर्णालीमा मन लागेको क्षेत्रमा उनीहरूकाम गर्न पाउने छैनन्, हाम्रो प्राथमिकताको क्षेत्रमा हामीले भने अनुसारनै काम गर्छन भने हामी स्वागत गर्छौं’, मुख्यमन्त्री शाहीले भने ।












प्रतिक्रिया