लण्डन । युनिभर्सिटी कलेज लण्डन (यूसीएल)मा नेपाली विद्यार्थी समाजको अध्यक्षमा शाहिल कैनी निर्वाचित भएका छन् ।
यसै हप्ता सम्पन्न भेलाले सर्वसम्मत रुपमा कैनस्लाई अध्यक्षमा चयन गरेको हो । कार्य समितिमा रोहण रेग्मी उपाध्यक्ष, प्राग खनाल महासचिव र अभियान भण्डारी कोषाध्यक्ष चुनिएका छन् ।
गभिथुसन जयकुमार इभेन्ट अफिसर, गणेश खड्का वेलफेयर अफिसर एवं सोसाईटी प्रतिनिधि, आदित्य निरौला सोसिएल मेडिया अफिसर, आदर्श अर्याल सांस्कृतिक निर्देशकको रुपमा चुनिएका छन् ।
सन् २०१४ मा स्थापित यूसीएल नेपाली विद्यार्थी समाजले नेपाली विद्यार्थीका बीचमा भाईचारा बढाउने, अन्तरक्रिया गर्ने, एकापसमा सहयोग गर्ने, नेपाल र नेपालीलाई चिनाउने आदि उद्येश्य लिएको छ ।
सन् १८२६ मा स्थापना भएको यूसीएल बिश्व कै प्रतिष्ठित विद्यालयका रुपमा चिनिन्छ । गत वर्ष सेप्टेम्बर २०१७ मा टाइम्स हाइएर एजुकेसनको विश्व बरीयता क्रममा यूसीएल १६औं स्थानमा पर्न सफल भएको थियो ।
विश्वविद्यालयमा विभिन्न बिभाग अन्तर्गत करिव ५० नेपाली छात्राछात्र अध्ययनरत छन् । १५० देशका करिव ३८ हजार विद्यार्थी अध्ययन गर्ने यूसीएलमा करिव ११ हजार शिक्षक र कर्मचारी काम गर्छन ।















प्रतिक्रिया