२२ कार्तिक २०८३, आइतबार

बालिकालाई घरभित्र…गर्ने राम राई फुङलिङबाट पक्राउ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ९ चैत । एउटै घरमा डेरा गरी बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती करणी गरेको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।