१३ कार्तिक २०८३, शुक्रबार

चन्द्रागिरि हिल्समा अमेरिकी नागरिकलाई खतरा !

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ चैत । नेपालस्थित अमेरिकी दूतावासले आफ नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडौँ वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ ।

कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ ।

माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।

दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो । दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो । दूतावसले निकालेको अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।

सरकारले पनि अमेरिकी दूतावसका दावी भ्रामक रहेको भन्दै खण्डन गरेको छ । नेपालमा पछिल्लो समय कुनै क्षेत्रमा अमेरिकी दूतावासले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए ।