
काठमाडौँ, ७ चैत । तराईमा कम्तीमा पाँच जनाको हत्यामा संलग्न एक ‘मोष्ट वान्टेड’ सुटरलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानी हत्या गर्ने उमेश पासवानलाई प्रहरीले तीन वर्षको प्रयासपछि सर्लाहीबाट पक्राउ गरेको हो ।
हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए । गोली प्रहारका एक दर्जन घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । धम्काउदै पैसा माग्ने र पैसा नदिए उनले गोली हानी हत्या गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरले उनलाई मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापा र इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।












प्रतिक्रिया