२२ कार्तिक २०८३, आइतबार

काठमाडौंको थापागाउँमा युवकको हत्या

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । काठमाडौंको थापागाउँमा तीनजना मिलेर तरकारी काट्न प्रयोग हुने छुरा प्रहार गरेर एक व्यक्तिको हत्या गरेका छन् ।

मंगलबार राति सामान्य विवादमा थापागाउँ बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाइको हत्या भएको हो ।

महानगरीय प्रहरी बृत बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार चक्कु प्रहारबाट घाइते सेढाइको उपचारका क्रममा मृत्यु भएको थियो ।

सञ्जीव राई, अशोक लिम्वु र रोहित चौधरी समेत तीनजना मिलेर सेढाइको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ । अभियुक्त तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।