काठमाडौं, ७ चैत । बहुचर्चित उपन्यास सहनशीलाको प्रोमो भिडियो सार्वजनिक गरिएको छ ।
पत्रकार एवं साहित्यकार सविन प्रियासनको पाँचौ उपन्यासका रुपमा केही दिन अगाडि बजारमा आएको सहनशीला उपन्यासको प्रोमो भिडियोमा चर्चित मोडल प्रतीक्षा केसीको अभिनय रहेको छ ।
नारी कथामा आधारित सामाजिक उपन्यास सहनशीलाको प्रोमो भिडियोको निर्देशन नवीन अभिलाषीले गरेका हुन् ।
विश्वकै अग्लो त्रिशुल रहेको दाङको धारापानीलगायतका स्थानहरूमा छायाङ्कन गरिएको उक्त भिडियोलाई आकर्षक बनाउनका लागि सन्देशमुलक, भावयुक्त शव्द भिडियोको सुरुदेखि अन्त्यसम्म प्रयोग गरिएको छ ।
भिडियोको अन्तिममा साहित्यकार सविन प्रियासन पनि मोडलकै रुपमा देखा परेका छन् । बजारमा आएको केही दिनमै अत्यधिक बिक्री भएको उक्त उपन्यासलाई ब्रदर बुक्स प्रालि काठमाडौंले प्रकाशन गरेको हो । उपन्यासको प्रोमो भिडियो अत्यन्त कम मात्रामा निस्कन्छ ।
https://www.youtube.com/watch?v=EpWu7e3V0xE&feature=youtu.be&app=desktop












प्रतिक्रिया