१३ कार्तिक २०८३, शुक्रबार

बालुवाटारका कुरा बाहिरिँदाको बबाल

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । सुवास नेम्वाङ कानूनमन्त्री भन्ने हल्लाले शुक्रबार बिहानभरि बजार तात्यो । प्रधानमन्त्रीनिकटस्थ पत्रकारहरूले चलाएको अनलाइनमै समाचार पनि आयो । नेम्वाङले विज्ञप्ति निकालेरै त्यसको खण्डन गर्नुपर्ने अवस्था आयो । तर, भएको कुरा अर्कै थियो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

बिहान बालुवाटारमा सुवास नेम्वाङ, प्रदीप ज्ञवालीहरूसहित प्रधानमन्त्री छलफलमा थिए । माधव नेपाल र झलनाथ खनालसँग फोनमा बेलुकी केही कुरा भएको प्रधानमन्त्री ओलीले त्यो छलफलमा सुनाए । विशेषतः गुल्मी र कास्कीबाट दुई–दुई जना मन्त्री बनाउने कुराको चर्चा त्यहीँ पनि भएको हो । सुवासले धेरै केही भनेनन्, कानूनमन्त्री वसन्त नेम्वाङलाई दिनु उपयुक्त हुने सुझाव मात्रै राखेका थिए ।

ओलीले ‘के को वसन्त ? तपाईं हुने हो ? हो भने तपाई नै हो !’ सबै अकमक्क भए । ओलीले राजेश बज्राचार्यलाई बोलाएर, सुवासलाई देखाउँदै भने ‘कानूनमा उहाँ !’ अनि, सुवासलाई सोध, ‘हैन त ?’ सुवासले ‘हैन, हैन, त्यो होइन है !’ भनेर पन्छिए । केपीले गोकर्ण विष्ट र शेरबहादुर तामाङलाई छुटाउनै नसकिने बाध्यता सुनाए ।

गोकर्णलाई मन्त्री बनाएर प्रदीपलाई छुटाउनु प्रदीपका लागि मात्र हैन, स्वयं केपीका लागि पनि घातक हुने अवस्था थियो ।