२२ कार्तिक २०८३, आइतबार

बोक्सीको आरोपमा कुटिएकी चौधरीलाई आर्थिक सहयोग

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(फाइल) बोक्सीको आरोपमा निर्घात कुटिएकी राधा चौधरीलाई भेट्न प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टराई अस्पताल पुगेका थिए । तस्वीर: रासस

कैलाली, ६ चैत । बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ ।

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले सो सहयोग रकम उपलब्ध गराएको हो । हाल बेलायतमा बस्दै आएका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले प्रदेशसभा सदस्य चौधरीमार्फत सो रकम सहयोगस्वरुप उपलब्ध गराएको जानकारी सो अवसरमा दिइयो ।

बोक्सीको आरोपमा पीडित राधाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले सो रकम हस्तान्तरण गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य चौधरीले मंगलबारदेखि ‘कुरीतिविरुद्ध साझा अभियान’को थालनी भएको समेत जानकारी दिनुभयो । सो अवसरमा पीडित चौधरीले गाउँमा बस्ने वातावरण बनाइदिनका लागि सबै पक्षसँग आग्रहसमेत गरिन ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसकै दिन गाउँकै भोले बाबा भन्ने रामबहादुर चौधरीले दुई महिला सहयोगीको साथ लिई बोक्सी लागेको भन्दै राधालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटमा संलग्न हुनेहरुविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको छ । –रासस