२२ कार्तिक २०८३, आइतबार

तुलसीपुरको दोश्रो नगरसभा २३ गते हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तुलसीपुर, ६ चैत । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको अधिवेशन आउँदो २३ गतेदेखि हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २४ औँ बैठकले सो निर्णय गरेको हो । नगरसभा सञ्चालन कार्यविधि २०७४ मा पहिलो नगरसभा सञ्चालन भएको ९ महिना भित्रमै दोस्रो नगरसभा गर्नुपर्ने व्यवस्था छ ।

यसैगरी बैठकले तुलसीपुर बसपार्कमा निर्माण भएको सटर भाडा सम्बन्धमा पुनः टेण्डर खोल्ने निर्णय समेत गरेको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ मा रहेको विरेन्द्र मावि भ्युडहर सुनपुरलाई राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन गर्नका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।