
काठमाडौँ, ६ गते । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित कोशी व्यारेजबाट मंगलबार बिहान एपीएफ टोलीले करिब ४ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको अवैध सामान बरामद गरेको छ ।
विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख. १४५३ नम्बरको गाडीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा तीन कार्टुन इलेक्ट्रोनिक सामान फेला परेपछि बरामद गरिएको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ ।












प्रतिक्रिया