२२ कार्तिक २०८३, आइतबार

आगलागी पीडितहरुको लागि राहत संकलन गर्न आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी
सल्यान, ६ चैत । करिब ३ करोड बराबरको क्षति हुने गरि सल्यानको बाङ्गेलाकुरीमा भएको आगलागी पीडितहरुको लागि राहत संकलन गर्न शुरु गरिएको छ । बागचौर नगरपालिका ५ बाङ्गेलाकुरीमा गत शनिबार भएको आगलागिबाट पीडितहरुको लागि राहत संकलन शुरु गरिएको हो । राहत संकलन समितीले मंगलबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरेर मंगलबारदेखी नै राहत संकलन गर्न थालिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा राहत संकलन समिति संयोजक तुल्सीराम घर्तीले आगलागी पीडितहरुको लागि करिब पन्ध्र दिन जति राहत संकलन गरिने बताए । उनले संकलित राहत एक कार्यक्रमको आयोजना गरेर पीडितहरुलाई वितरण गर्ने बताए । उनले आगलागी पीडितहरुलाई सक्दो सहयोग गर्न पनि आग्रह गरे । ‘देश तथा बिदेशमा रहने सबैले सहयोग गर्न सक्नु हुन्छु, संकलित राहत हामी एक ठाँउमा जम्मा गरेर बितरण गछौँ’, उनले भने ।

सहयोगको लागी सल्यान थारमारेमा रहेको मुक्तिनाथ बिकास बैँकको लिमिडेटमा राहत संकलन समितिको खाता नं. ०४३२ ०१०० २४४९ १४०० ०००१ मा जम्मा पनि सकिने छ । शनिबार बाँगेलाखुरीमा आगलागी हुदाँ २ करोड ५२ लाख बराबरको क्षेति भएको थियो ।

आगलागी पीडितलाई घरपरिवारलाई बागचौर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सल्यानले राहत सामाग्री बितरण गरेको थियो । यस्तै सल्यान उद्योग बाणिज्य संघ सल्यानले उद्योग बाणिज्य संघमा दर्ता भएका ७ घरपरिवारलाई सात हजार पाँच सयका दरले राहत सामाग्री प्रदान गरेको थियो । आगलागी कसरी भयो भन्ने बिषयमा अझै पनि केही खुल्न सकेको छैन् ।