२२ कार्तिक २०८३, आइतबार

भरुवा बन्दुक र चितुवाको छाला सहित पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ६ चैत । माछापुच्छ्रे गाउँपालिका–२ च्याङ्लुङ बस्ने ४० बर्षीय गम बहादुर गुरुङलाई प्रहरीले भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा र खाली खोका १० थान तथा चितुवाको छाला १ थान सहित पक्राउ गरेको छ । चितुवा मारी गुरुङलाई राख्न दिने सोही ठाउँ बस्ने ३१ बर्षीय चन्द्र बहादुर पौडेललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले घरमा अबैध रुपमा हातहतियार तथा चितुवाको छाला लुकाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दिखोलाबाट खटिएको टोलीले सोमबार घर तलासी गर्दा उक्त भरुवा बन्दुक र चितुवाको छाला बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।