
काठमाडौँ, ५ चैत । नेपालमा भएको विमान दुर्घटनामा मृत्यु भएका २३ जना बंगलादेशी यात्रुको शव सोमबार ढाका लगिएको छ ।
बिबिसी नेपाली सेवासँग कुरा गर्दै दूतावासका कन्सुलर अल अलेमुल इमामले नेपाली पक्षले मृतकको पहिचानपछि हस्तान्तरण गरेका बङ्गलादेशी नागरिकको शव बोकेको विमान दिउँसो ढाका पठाइएको हो ।
पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताएका छन् । अझै तीन जना बङ्गलादेशी यात्रुको शव पहिचान हुन बाँकी छ ।
बङ्गलादेशी नागरिकहरूको शव लिन बङ्गलादेशबाट विशेष उडान काठमाण्डौँ आएको थियो ।
दुर्घटनामा घाइते भएका १० जना बांग्लादेशी यात्रुमध्ये थप उपचारका लागि आठ जनालाई ढाका र दुई जनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए ।












प्रतिक्रिया