
-भरत प्रधान
लिस्बन, ५ चैत । नयाँ नेतृत्व चयन गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आठौं अधिवेशन सम्पन्न भएको छ । राजधानी लिस्बनमा शनिबार सम्पन्न भएको अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि वाईबी गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण कडेंल ‘जिज्ञासु’, चयन भएका छन् भने दुई उपाध्यक्षमा कमल सापकोटा र भूपति गैरे छन् । अधिबेशनले महासचिवमा फुर्वान रायमाझीलाई निर्वाचित गरेको छ । समाजको दुई सचिवमा बिनोद स्पन्दन र सबी श्रेष्ठ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा संजय लामा र सहकोषाध्यक्षमा श्याम सुबेदी रहेको समितिमा निर्मला ढकाल, बिशेष आत्रेय, बद्रि बाबु पोख्रेल र रामु सापकोटालाई सदस्यमा चयन भएका छन् ।
समाजका अध्यक्ष सुनिल संगमको अध्यक्षता तथा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ, एनआरएनए आइसीसी सदस्य द्वय नरेन्द्र बहादुर हमाल, पेम्बा शेर्पा, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाती महासँघ पोर्चुगलका अध्यक्ष नरभूपाल राई, नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता बराल लगायतले बोल्दै प्रवासमा नेपाली भाषा, साहित्य र कलाको सँरक्षण, सम्बृद्र्धन र प्रबृद्धन गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा संजय लामाद्वारा लिखित पहिलो कविता संग्रह ‘ज्योतिर्मा तमसोर्गमय’ पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा सहभागी दर्जन बढी साहित्य अनुरागीहरुद्धारा कविता, मुक्तक र गजलहरु प्रस्तुत गरिएको थियो ।
पोर्चुगलमा नेपाली कला साहित्य सम्बन्धी कार्यक्रमको आयोजना गर्ने, नेपाली साहित्य सम्बन्धीका पूस्तकहरु प्रकाशित गर्ने र नेपाली भाषा, कला, साहित्य र संस्कृतीको संरक्षण, सम्बृद्धन एवं प्रवद्धर्न गर्ने उद्धेश्यका साथ सन् २००३ मा समाजको स्थापना गरिएको हो ।















प्रतिक्रिया