३१ आश्विन २०८३, शनिबार

बेल्जियममा मनाइयो दोस्रो अभिभावक दिवस

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम, ५ चैत । बेल्जियममा दोस्रो अभिभावक दिवस मनाइएको छ । बेल्जियममा रहेको ‘नेपाल ब्रसेल्स बाल संस्कृतिक केन्द्र’ले अभिभावक दिवस मनाएको हो ।

बेल्जियमस्थित नेपाली राजदूतावास र एनआरएनए बेल्जियमको संयोजकत्व तथा ब्रसेल्समा रहेका नेपाल ब्रसेल्स मिलन केन्द्र र त्यहाँ बस्ने नेपालीहरुको सक्रियतामा खोलिएको ‘नेपाल ब्रसेल्स बाल संस्कृतिक केन्द्र’ले शनिबार आफ्नो दोस्रो स्थापना दिवससँगै अभिभावक दिवस मनाएका छन् ।

केन्द्रकी संयोजक श्रीजना कार्की थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेल्जियमका लागि नेपालका राजदूत लोकबहादुर थापा प्रमुख अतिथि थिए । ३२ जना विद्यार्थीबाट सुरु गरिएको सो केन्द्रमा हाल ३५ जना नियमित विद्यार्थी रहेको बताइको छ ।

विद्यालयमा नृत्य सिकाउने एक जना साथै पठनपाठनका लागि तीन गरी जम्मा चारजना शिक्षिका कार्यरत रहेको संयोजक कार्कीले बताइन् । कार्यक्रममा बालबालिकाहरुले नेपाली राष्ट्रिय गान गाएँसंगै आ–आफ्नो परिचय र रुचिका बारेमा बताएका थिए । सुरुका दिनमा बेल्जियममै जन्मिएका कतिपय नेपाली राम्रोसँग नेपाली बोल्न नसक्ने बालबालिकाहरुले स्कुल गएसँगै नेपालीमा तोतेबोलीमा परिचय दिँदा उपस्थित बिदेशी पाहुनासँगै सम्पुर्ण अभिभावकहरु निक्कै हर्षित देखिन्थे ।

कार्यक्रममा केन्द्र अभिभावक साथै एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, केन्द्रिय सचिव जानकी गुरुङ, महिला संयोजक रजनी प्रधान, योगीता थापा, पदम गुरुङ, सीता सापकोटा, जित लामा, नेपाली कन्सुलर रोजर डग्रुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । अभिभावकको तर्फबाट सैलेजा सापकोटा कट्टेलले बोलेकी थिइन् ।

कार्यक्रममा बोल्दै राजदूत थापाले विदेशमा रहे पनि आफ्नो भाषा संस्कृतिको संरक्षण गर्ने हरेक नागरिकको महत्वपूर्ण दाहित्व रहेको बताए । कामको सिलसिलामा विभिन्न देशमा रहँदा नेपाली भाषाको महत्व त्यहाँस्थित नेपालीहरुको भाषाकै कारण नयाँ पिडीमा देखिएका समस्या बारे व्यक्तिगत अनुभव सुनाउँदै आउने चुनौतीहरु सामना गर्दै केन्द्रलाई निरन्तर अघि बढन सुझाव दिए ।