२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टरले किचेर चालकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ५ चैत । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको आइतबार राति ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा को १ त ७६७६ नंको ट्रयाक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्टिदा ट्रयाक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्रयाक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस