२२ कार्तिक २०८३, आइतबार

चोरीपैठारीको लत्ताकपडासहित तीन जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ चैत । रौतहट जिल्लाको माधवनारायण नगरपालिका १ स्थित दिपही चोकबाट आइतबार सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयको टोलीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने ३५ वर्षिय नवरत हुसेन, बौधीमाई नगरपालिका २ बस्ने १८ वर्षिय झगरु साह र सोही ठाउँ बस्ने २३ वर्षिय अमोद साह छन् । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडासहित उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

उनीहरुले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ ।

यसैबीच, झापा जिल्लाको मेची नगरपालिका ६ मा आइतबार नै एपीएफ टोलीले कबिर १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । अवैध रुपले भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको फुड सप्लिमेन्त तथा विभिन्न किसिमका औषधीहरु सशस्त्र प्रहरी बल नेपाल, राजस्व एवं भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।