२२ कार्तिक २०८३, आइतबार

बांगेलाकुरी बजारमा भएको आगलागीबाट झण्डै तीन करोडको क्षती

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी/दैनिक नेपाल
सल्यान, ४ चैत । झण्डै तीन करोडको क्षती हुने गरि सल्यानको बांगेलाकुरी बजारमा भएको आगलागी पीडितको अवस्था बुझ्नआइतबार जिल्लाबाट एक टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर विक, मेजर विदुर अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि सम्मिलित अनुगमन टोली आगलागी पीडितको अवस्था बुभ्mन घटनास्थल पुगेको हो । भाँडोमा बेच्न राखेको पेट्रोलका कारण शनिबार आगलागी भएको भनिएपनि आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई जिल्ला प्रशासनबाट पाईने सहयोग जतिबेला पनि दिन सकिने प्रहरी प्रमुख विकले बताए । उनले भने, ‘घटनास्थलमा करौडोको क्षति भएको छ, आगलागीबाट बांगेलाकुरी बजारमा रहेका ९ वटा पसल, एउटा घर र ३ वटा मोटरसाइकल जलेर खरानी भएका छन् ।’ उनले आगलागी पीडिततलाई केही राहत प्रदान गर्न सक्ने भनेर स्थानीयको पहलमा राहत संकलन समिति गठन भएको समेत बताए ।

यता बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले आइतबार बसेको नगर बैठकले आगलागीको घटनाबारे दुःख व्यक्त गर्दै घटनाको छानविन गर्न नगर उपप्रमुख कल्पना पुनको अध्यक्षतामा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । अहिले तत्कालका लागि पीडीत परिवारलाई चाहिने खाद्य तथा लत्ताकपडा राहत स्वरुप प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छानविन समितिले ७ गते भित्र प्रतिवेदन तैयार पारेर नगरप्रमुखलाई बुझाएपछि पीडित परिवारका लागि थप राहत संकलन गरिनेछ । पीडित परिवारलाई राहत वितरण गर्दा एकद्वार प्रणलीबाट वितरण गरिने नगर प्रमुख बुढाथोकीले बताए ।

बागचौर नगरपालिकाको वडा नम्वर ५ मा रहेको बजारमा भएको आगलागीबाट ३ वटा किराना पसल, २ वटा होटेल, एउटा सुन पसल, एउटा फेन्सी पसल र एउटा सिलाइ पसल जलेर नष्ट भएका छन् । आगलागीबाट लोक बहादुर केसी, अनुरुप केसी र जंग बहादुर चन्दको किराना पसल जलेर पसलमा भएको सवै सामान नष्ट भएको बताईएको छ । किराना पसलमा भएको करिव १ करोड ४० लाख बराबरको सामान जलेको स्थानिय जनक घर्तिले बताए । यस्तै रतिभान सुनारको सुन पसलका भएका ४५ लाख बराबरका सुनचाँदीका गरगहना र सामाग्री जलेका छन् ।

यस्तै आगलागीबाट गोविन्द देवकोटाको फेन्सी पसलबाट १० लाख, इन्द्र बहादुर थापा र गोविन्द बुढाथोकीको होटेलबाट २० लाख तथा खुमराज परियारको सिलाइ पसलमा १० लाखको क्षती भएको छ । राज बस्नेतको घर पनि जलेर खरानी भएको छ । घरमा रहेको धनमाल सरसामान गरगहना गरेर ९० लाख बराबरको क्षति भएको छ । आगलागीबाट तीनवटा मोटरसाइकल जलेका छन् ।