काठमाडौं, ४ चैत । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले अलग अलग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित सभामुख महराको कार्यकक्षमा आइतबार नेपालका लागि कतारका राजदूत युसुफ बिन अल हैल र उत्तर कोरियाका राजदूत च्वई ताइ पोकले भेटवार्ता गरेको निजी सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भेटमा उनीहरूले महरालाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई र शुभकामना दिएका थिए । उनीहरूले महरालाई आ–आफ्नो देशको भ्रमणका लागि निम्ता समेत दिएका छन् ।












प्रतिक्रिया