५ कार्तिक २०८३, बिहिबार

महिन्द्रा टु ह्वीलहरुको नयाँवर्ष २०७५ योजना सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ चैत । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले ‘महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं’ भन्ने योजना प्रस्तुत गरेको छ ।
ग्राहकले नयाँ वर्षको योजनाअन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरि त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सक्नेछन् ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपप्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्निइनर्जी प्रा.लि., अग्निमोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।