
काठमाडौँ, ३ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलोपटक शेयरबजारको बारेमा मुख खोलेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले शनिबार राजधानीमा गरेको पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले शेयर बजारको बारेमा बोल्दै गलत प्रचारको विरोध मात्रै गरेनन्, आफू शेयर बजार बढेको हेर्न चाहेको समेत खुलासा गरेका छन् । उनले शेयर बजारको बारेमा गलत प्रचार नगर्न समेत सबैलाई सचेत गराएका छन् ।
अर्थमन्त्री डा. खतिवडाले शेयर बजारमा लगानी गर्दा अध्ययन समेत जरुरी भएको बताएका छन् । उनले शेयरबजार सम्बन्धी आवश्यक शिक्षामा जोड दिँदै जानकारी बिना नै सेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने बताएका हुन् ।
उनले कम्पनीको वित्तीय अवस्था हेरेर मात्र लगानी गर्न आग्रह गरेका छन् । केही दिन अघि सेयर बजारप्रति आफूले गरेको टिप्पणी नकारात्मक रुपमा प्रचार भएको भन्दै उनले आफू सधै पुँजी बजार वृद्धि हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । यद्यपि केही शेयर बजारमा चलखेलवालाहरुले अर्थमन्त्रीलाई भूतको रुपमा प्रस्तुत गर्दै शेयर बजारलाई अस्तव्यस्त पारेर खेल्ने प्रयास गरेका थिए, जुन अझै पनि जारी नै छ ।















प्रतिक्रिया