२२ कार्तिक २०८३, आइतबार

पहिलो महिला इञ्जिनीयर बालबालिकालाई सहयोग गर्दै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ चैत । पहिलो महिला इञ्जिनीयर शान्ति मल्ल हाल गरीब विद्यार्थीलाई आर्थिक सहयोग गरेर पठनपाठनमा सहयोग गर्दै आएकी छन् ।

आनन्द विद्या मन्दिर नरेफाँट काठमाडौँमा ती बालबालिका अध्ययनरत छन् । उनले विसं २०२३ मा जादवपुर विश्वविद्यालय कोलकाताबाट सिभिल इञ्जिनीयरिङ उत्तीर्ण गरी सोही साल निर्माण तथा यातायात मन्त्रालय, भवन तथा सडक विभागमा काम गरी विसं २०५९ मा अवकाश लिएकी हुन् । उनले कृषि विकास बैंक रामशाह पथ र जिल्लाका शाखाहरु, राष्ट्रिय कम्प्युटर केन्द्र, कर कार्यालय बबरमहललगायत थुप्रै भवनको डिजाइन गरिन् ।

‘मैले काम गर्दा कुनै पनि महिला नासु र टाइपिष्टसमेत थिएनन’, उनले भनिन् । उनले भवन आफूलाई पत्रकारहरुले समेत बिर्सेकामा गुनासो छ । –रासस