२२ कार्तिक २०८३, आइतबार

सुनचाँदी पसलमा आगलागी, चार लाखको क्षति

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, मोरङ, ३ चैत । सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ ।

साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा रु चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । –रासस